Latest Updates :
Loading...

कक्षा १२ को परीक्षाफल प्रकाशित, नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास....


SHARE THIS POST :





काठमाडौं, २७ भदौ, । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित गरेको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् ।

नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३ जनामध्ये ८४ हजार सय ९३ जना पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् । आंशिकतर्फ सहभागी भएका एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा ४८ हजार सात सय ६३ जना पास भएका छन् ।

एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।


SHARE THIS POST :
Loading...

Post a Comment

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Khabar Mantra - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger