काठमाडौं । चिनियाँ सामाजिक सञ्जाल विबोमा एक अनौठो तस्वीर पोष्ट भएको छ, जसले धेरैलाई आश्चर्यमा पारेको छ । चिनियाँ सडकमा एक युवतीले लक्का जवानलाई कुकुर झैं डोहोर्याइरहेको तस्वीरले सानसनी मच्चाएको हो ।
यो सेप्टेम्बर ९ मा फुजिआन प्रान्तको फुजुहाउ शहरको सडकको दृश्य हो ।
एक महिला युवकलाई कुकुरलाई झै दोहोर्याइरहेकी छन् । युवकको घाँटीमा कुकुरलाई झैं डोरी लगाइएको छ र उनी चार हात खुट्टा टेकेर युवतीले डोहोर्याएतिर पछ्याइरहेका छन् ।
यो दृश्यले धेरैलाई आश्चर्यमा पार्यो र हेर्नहरुका कारण सडक जाम नै भएको थियो ।
पिपुल डेलीका अनुसार युवतीले ती युवकलाई कुकुरलाई झै व्यवहार गरेकी थिइन् । युवकले पनि आफूलाई हेर्न नजिक आएकाहरुलाई आफू मानिस नभई कुकुर भएको बताएका थिए ।
तर, युवतीले ती युवकलाई किन यस्तो व्यवहार गरिन् भन्ने केही खुलेको छैन ।

Post a Comment